
बैशाख २०७९ गुल्मीः जिल्ला प्रहरी कार्यालय गुल्मीले बैंकिङ कसुर सम्बन्धी मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० का ७० बर्षीय रेणुकला अर्याललाई उच्च अदालत पाटनले २०७७ मंसिर ३० गते बैंकिङ कसुर सम्बन्धी १५ लाख रुपियाँ जरिवाना तोकेका अर्याल हालसम्म फरार रहेका थिए ।
फरार रहेका प्रतिवादी अर्याललाई रेसुंगा नगरपालिका वडा नम्वर १० को सिमीचौरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले जानकारी दिए ।

पक्राउ पश्चात अर्याललाई जिल्ला अदालत गुल्मीमा बुझाइएको खरेलले जनाकारी दिए ।







