एमालेबाट निर्वाचित वडा अध्यक्ष माओवादीमा प्रवेश

0
394

बैशाख ११,२०७९ पाल्पाःपाल्पामा नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित वडा अध्यक्ष तथा एमाले लुम्बनि प्रदेश सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडा नं। ५ का वडा अध्यक्ष राम बहादुर रावल सहितका नेताहरु विद्रोह गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

उहाँलाई जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सांसद तुलाराम घर्ती, केन्द्रीय सदस्य अनिल किशोर घिमिरे लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । माओवादी प्रवेश गर्दै रावलले नेकपा एमाले स्वच्छेचारी, व्यक्तिवादी र चरम गुटबन्दीमा लागेका कारण आफू देश विकास र परिवर्तनको नेतृत्व गरेको पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।

उहाँलाई एमालेले वडा अध्यक्ष बनाउने चर्चा भएता पनि पछिल्लो समयमा पार्टीले खासै महत्वएिको थिएन ।

SHARE