प्रेस सेन्टर गुल्मीको भित्तेपात्रो विमोचन

0
432

बैशाख ७,२०७९ गुल्मीः प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीको २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको छ ।

मंगरबार नेकपा माओेवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवम् पूर्व मन्त्री सुदर्शन बरालले भित्तेपात्रो बिमोचन गरे । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीको तेस्रो पूर्ण बैठकको अवसर पारेर प्रेस सेन्टरले भित्तेपात्रो विमोचन गरेको हो ।

विमोचन कार्यक्रममा बोल्दै नेता बरालले भित्तेपात्रो प्रकाशन गर्नु महत्वपूर्ण कार्य भएकोले प्रेस सेन्टरले आफ्नो सिर्जनशिलता प्रस्तुत गरेको भन्दै धन्यवाद् दिए ।

प्रेस सेन्टरलाई चलायमान बनाउँदै लैजानका लागि आफू सदैब लाग्ने सेन्टरका जिल्ला अध्यक्ष तिलाचन पाण्डेले बताए । सेन्टरको जिल्लाको इतिहासलाई अभिलेखीकरण गरी लिपीबद्ध गर्नु नै आफूहरुको पहिलो सफलता भएको पाण्डेको दाबी छ ।

भित्तेपात्रो प्रकाशनका निम्ती साथ र सहयोग गर्ने जिल्ला कमिटी , पार्टी , स्थानीय तह र बिज्ञापन दाताहरुलाई उनले आभार प्रकट गरे ।

सेन्टरको भित्तेपात्रोमा जिल्लाका पदाधिकारीहरु, गुल्मीबाट प्रतिनिधित्व गर्ने प्रदेश एवम् केन्द्रिय सदस्यहरु, प्रेस सेन्टरबाट प्रतिनिधि भई पत्रकार महासंघका आवद्ध सदस्य, सेन्टरको इतिहास लगायतको बारेमा जानकारी दिइएको संगठनका जिल्ला सचिव हुमाकान्त पोखरेलले जानकारी दिए ।

त्यस्तै धुर्कोटको बिचित्र गुफा, कोत नजिकैको पैदल मार्ग, टिमुरे ताल लगायत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको पनि तस्बिर समेटिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सिर्जना तरामु, प्रदेश समिति सदस्य बिरबहादुर कार्की, निमबहादुर पाण्डे लगायतका अन्य सदस्यहरु, जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसी, विभिन्न पालिकाका पार्टी अध्यक्षहरु, विभिन्न जनवर्गिय संगठनका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सेन्टरका जिल्ला अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बरालको प्रमुख आतिथ्यता, सेन्टरका उपाध्यक्ष प्रकाश चालिसेको स्वागत तथा सचिव हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

SHARE