५० हजार रुपैयाँ घुस लिँदालिँदै दुई प्रहरी समातिए

0
360

मंसिर २५, २०७६ सर्लाही ः त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी ५० हजार रुपैयाँ घुससहित समातिएका छन्। प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादवले भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेका थिए । घुस लिएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सिंह र यादवले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं–४ स्थित सगरमाथा बोर्डिङ स्कुल परिसरमा सेवाग्राहीसँग घुस बुझिरहेका थिए। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका अधिकारीहरुले जानकारी दिएका छन्।

SHARE