गुल्मी गठबन्धनमा प्रबक्ताको जिम्मेवारी बुद्धि जिशीलाई

0
765

बैशाख ४ गुल्मीः सत्तारुढ गठबन्धन दल गुल्मीको प्रवक्ताको जिम्मेवारी बुद्धि जिशीलाई प्रदान गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आधिकारीक धारण बाहिर ल्याउने र बोल्ने जिम्मेवारी नेकपा माओबादी केन्द्र गुल्मीका जिल्ला संयोजक जिशीलाई प्रदान गरिएको गठबन्धन गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घासमा सम्पन्न गठबन्धनको बैठकले जिशीलाई प्रबक्ताको जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
यता प्रवक्ता जिशीले जिल्लामा गठबन्धन गरेर जाने बिषयमा सबै दल एकै ठाउँमा रहेको बताउनुभयो ।

एक दूई दिन भित्रैमा जिल्लाका १२ स्थानीय तहमा गठबन्धनको भागबण्डा सहित आधिकारीक धारण बाहिर आउँने उहाँले दाबी गर्नुभयो । कुन स्थानीय तहमा कुन पार्टीले जिम्मेबारी पाउँने भन्ने बारेमा छलफल भइराखेको भन्दै उहाँले सहमतिको नजिक पुगेको बताउनुभयो ।
आज पनि गठबन्धनको बैठक बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो ।

जिल्लामा हाल दूई नगरपालिका सहित सात स्थानीय तहमा नेकपा एमालेको नेतृत्व रहेको छ भने चार स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व छ । जिल्लाको धुर्कोट गाउँपालिकामा भने नेकपा माओबादी केन्द्रले नेतृत्व गरेको छ ।

यता नेकपा एमालेले भने रेसुंगा ,मुसिकोट नगरपालिका, मालिका र कालीगण्डकीमा प्रमुखको टुंगो लगाइसकेको छ ।

SHARE