वालिङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

0
193

राधाकृष्ण डुम्रे

वालिङ, वैशाख ४ गते : स्याङ्जाको वालिङमा जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ । वालिङ १२ बाट वालिङको बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका छ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याइएको प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो । उहाँका अनुशार तीन जना गम्भिर घाईतेहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।

अहिले पनि उद्धारको कार्य जारी रहेको छ । यस बारे थप विवण आउन बाँकी रहेको छ ।

जिपमा ११ जना सवार रहेका बताइएको छ ।

SHARE