लुम्बिनी प्रदेश सरकारको पहिलो सपना : राजधानी निर्माणको कार्यलाई पूर्णता दिन नव नियुक्त सिइओलाई मुख्यमन्त्रीको निर्देशन

0
369

मानसिंह विश्वकर्मा
बुटवल बैशाख २ गते :लुम्बिनी प्रदेश सरकाकरका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रुपमा रहेको प्रदेशको राजधानीलाई निर्माणको योजनालाई पूर्णता दिनका लागि नव नियुक्त प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेललाई निर्देशन गर्नुभएको छ ।

यस्तो विचार गत चैत्र २५ गतेको मन्त्री परिषद्को बैठकबाट नियुक्त गरिएका प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक छवि पोख्रेलको सपथ ग्रहण कार्यक्रममा बताउनुभएको हो । प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि नयाँ सिइओ नियुक्त गरेको हो ।

उहाँले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोल गर्दा त्यसलाई आगामी दिनमा पूर्णता दिनका लागि प्रमुख कार्यकारी निर्देशक छविराज पोख्रेललाई थप निर्देशन दिनुभएको छ । उहाँले प्रदेश पूर्वाधार कार्यालयले जसरी भए पनि राजधानीको गुरुयोजना निर्माण भई सकेकोले त्यसलाई पूर्णता दिनका लागि निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री केसीले राजधानी गुरु योजना निर्माण भइसकेकोले गर्दा त्यसलाई पूर्णता दिएर प्रदेश सरकारको योजनालाई मुर्तिकृत गर्नका लागि सबै सम्पूर्ण कार्यलाई नयाँ स्थानमा उठाउने गरी अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशका राजधानी निर्माणका लगायत लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अब्बल सावित हुनका लागि अनुरोध गर्नुभएको थियो ।

नब नियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठान जिल्ला ओखरकोट निवासी हुनुहुन्छ । उहाँ लामो समयमा सरकारको यस क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताउनुभयो । आफू पनि यही प्रदेशको भएकोले अर्को परिवर्तित सन्दर्भलाई सम्वोधन गर्नका लागि आफू तयार भएको थियो ।

SHARE