गुल्मी महोत्सबमा आज एकैदिन १७ हजार १९२ जनाले गरे अबलोकन

पशुपति शर्मा र शान्ती श्री परियारको बेजोड प्रस्तुति

0
315

बैशाख १,२०७९ गुल्मीः गुल्मी महोत्सबको आज सातौं दिन १७ हजार १९२ जनाले अबलोकन गरेका छन् ।

नवबर्षको पहिलो दिन आज सार्वजनिक बिदा र चर्चित कलाकारहरु पशुपति शर्मा र शान्ती श्री परियार लगायतका कलाकारहरुको प्रस्तुति रहेकाले पनि उलेख्य मात्रामा दर्शकहरुको भीड लागेको हो ।

तम्घासको चिदीचौरमा आज दर्शकहरुको खचाखच भीड रहेको थियो भने सुरक्षा निकायहरुलाई पनि भीड सम्हाल्नका लागि हम्मे हम्मे परेको थियो ।

महोत्सब आफूहरुले सोचेभन्दा पनि राम्रो भएको र त्यो आजको उपस्थितीले प्रमाणित गरिदिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिनुभयो ।

भोली बैशाख २ गते खुमन अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक इश्वरी कंडेलले जानकारी दिनुभयो ।

SHARE