सरकारले ५६० जनालाई निशुल्क प्राविधिक शिक्षा दिने

0
298

मंसिर २४, २०७६ काठमाडौं ः सरकरले प्राविधिक तहमा निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०७६र७७ को बजेट तथा कार्यक्रममा व्यवस्था भए अनुसार प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी देशभरका विपन्न, दलित र मुस्लिम छात्रछात्राका लागि २८० जना प्रविधिक एसएलसी सरह र २८० जना डिप्लोमारप्रमाणपत्र तहमा प्राविधिक शिक्षा प्रदान गर्न परीक्षार्थी छनोट गर्न लागेको हो। प्राविधिक एसएलसी तहका लागि कुलिनरी आर्ट, भेटनरी जेटिए, ईञ्जिनियरिङ तहका लागि माग गरेको छ भने प्रमाणपत्र तहमा नर्सिङ, फार्मेसी, डिप्लोमा इन एग्रिकल्चरलगायत छन्।

SHARE