
चैत २९,२०७८ गुल्मीः चौथो गुल्मी महोत्सबमा भोली चैत ३० गते राजु परियार आउने भएका छन् ।
गुल्मी महोत्सबको छैटौँ दिन मुख्य कलाकारको रुपमा राजुपरियार आउने सांस्कृतिक संयोजक इश्वरी कंडेलले जानकारी दिए ।
यस्तै अन्य कलाकारहरुमा सुनिल गिरी,शिबहरी नेपाल, एमआर आर जे,पवन परियार ,मनिषा पोखरेल,तिलक बस्नेत,सम्झना रणपालको प्रस्तुति रहने लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष बसन्त खत्रीले जानकारी दिए ।

३०गतेको उद्घोषक भने लक्ष्मण खड्काले गर्ने आयोजकले जनाएको छ ।








