
चैत२५,२०७८ गुल्मीःगुल्मी जिल्ला अदालत बार एसोसिएसनको साधारण सभा आज अध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षतामा तम्घासमा सम्पन्न भएको छ ।
साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेद प्रसाद कुँवर , प्रगति प्रतिवेदन अध्यक्ष गोपालप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । आफ्नो कार्यकालमा बारको भवन ब्यवस्थापन, बेरुजु फर्स्यौट , आर्थिक ब्यवस्थापन , वैतनिक वकिल न्यायोचित छनोट, कानुनी साक्षरतामा सहजीकरण लगाएतका महत्वपूर्ण निर्णय गरी जिल्ला बार एकाइमा नेतृत्वदायी भुमिका खेलेको अध्यक्ष खनालले बताउनुभयो ।
उहाँले कतिपय योजना गरिएका कामहरु कोभिडको कारण पुरा गर्न बाकी रहेकोले आगामी नेतृत्वले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।सभामा रेसुङगा क्याम्पसका प्रमुख एवं अधिवक्ता हरि के।सी।, बारका पुर्व अध्यक्ष बिष्णु बलाल, प्रेमराज आचार्यले शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो । साधारण सभाले आर्थिक र वार्षिक प्रगति प्रतिवेदन पारित गर्नुका साथै२०७९ जेठ १३ गते अधिवेशन गर्ने निर्णय गरेको छ अधिवक्ता हीरा कुँवरले बताउनुभयो ।

साधारण सभा उपाध्यक्ष लक्ष्मण सापकोटाको स्वागत र सचिब हरिप्रसाद अर्यालको सन्चालनमा सम्पन्न भएको हो ।











