
चैत २१,२०७८ गुल्मीः चन्द्रकोट गाउपालिकाले गाउँपालिका भित्रका २९ जना महिलाहरुलाई नेतृत्व तथा क्षमता बिकास तालिम दिन सुरु गरेको छ ।
सोमबारबाट सुरु भएको तालिममा गाउँपालिकाकी उपाध्यक्ष राधिका अर्यालले सीकेको सीपलाई ब्यबहारमा लागु गर्न आग्रह गर्नुभयो । महिलाहरु अब चुलो चौकोमा मात्र सीमित हुन नहुनेमा उहाँले जोड दिनुभयो ।
गाउँपालिकाले महिलाहरुको बिकासका निम्ती विभिन्न कार्यक्रमहरु अगाडी बढाउँदै आएको भन्दै महिलाहरु आर्थिक रुपले पनि सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्मा,वडा नम्वर ४ का वडाअध्यक्ष भरतलाल थापा, ६ का वडा अध्यक्ष गोकर्ण शर्मा, वडा नम्वर ७ का कार्यवहाक वडा अध्यक्ष बिष्णुकला थापाले बोल्नुभएको थियो ।
तालिमको उद्येश्यबारे प्रशासन प्रमुख शिब ज्ञवालीले प्रकाश पार्नुभएको थियो ।
सोमबार पहिलो दिन तालिमको सहजिकरण पत्रकार जनार्दन घिमिरेले गर्नुभएको थियो ।








