सोमबारदेखि मिसन अस्पतालले बिरामीलाई सुबिधा नदिने

0
445

चैत २०,२०७८ पाल्पा :लामो समय वीमा बोर्डबाट रकम भुक्तानी नपाएपछि पाल्पाका निजी अस्पतालले रिफरका बिरामीको उपचार नगर्ने भएका छन् ।

तानसेनस्थित युनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य वीमाको रकम लामो समयसम्म भुक्तानी नभएकाले सेवा रोक्ने जनाएको छ ।

अस्पतालले पत्रकार सम्मेलन गर्दै विगत केही वर्षदेखि आफूले वीमाका बिरामीको उपचारवापतको रकम भुक्तानी नपाएको जनाएको छ । वीमा गरेका बिरामीको उपचारवापतको १५ करोडभन्दा बढी रकम स्वास्थ्य वीमा बोर्डबाट भुक्तानी नपाएकाले सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ ।

‘वीमा गरेर रिफर भएका बिरामीलाई उपचार गरेको रकम भुक्तानी नहुँदा अस्पतालको अन्य सेवासमेत बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका निर्देशक डा। रचेल कारखले जानकारी दिए । अरु सेवा पनि बन्द नहोस् भनेर सचेत छौँ कारखले भन्नुभयो वीमाको रकम भुक्तानी नहुँदासम्म यसका सेवाग्रहीलाई सेवा दिन सक्ने अवस्था रहेन ।’

अस्पतालले चैतको २१ गतेदेखि वीमाबाट सोचभर्ना नभएको रकम बिरामीबाट उठाउने अस्पतालले जनाएको छ । स्वास्थ्य वीमा गरेका बिरामीको उपचारवापतको रकम बैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखि वीमाको सेवा पूर्ण रुपमा कटौती गर्ने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

SHARE