इन्धनको नयाँ मूल्य सूची

0
1002

चैत१८,२०७८काठमाडौँ : नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची पाएको छ।

निगमले आईओसीसँग किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२।१९ रुपैयाँ र हवाई इन्धनमा ४।२३ ले मूल्य बढेको छ। एलपी ग्याँस प्रतिसिलिन्डर २७३।३८ रुपैयाँ महँगो भएको जनाइएको छ।

निगमका अनुसार पेट्रोल भने प्रतिलिटर १।४६ रुपैयाँले घटेर आएको छ। यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्यअनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ।

निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७।०७ रुपैयाँ र डिजेलमा ३२।२७ रुपैयाँ घाटा हुनेछ। मट्टितेलमा प्रतिलिटर १।९९ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२।८४ र अन्तरराष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ।

एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा निगमको जानकारी दिएको छ।

SHARE