बुवा–आमाको स्मृतीमा विद्यालयमा अक्षयकोष

0
429

हुमाकान्त पोखरेल
चैत१६,२०७८ गुल्मी : अधिकाशं मानिसहरु पैसा कमाएपछि गाउँ नफर्किने चलन छ ।

तर गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका एक व्यक्तिले बुबा–आमाको स्मृतीमा सोही ठाउँकै देविस्थान प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

जैसिथोक गोलपोखरी घर भई हाल बुटबल–११ बस्दै आएका राजकुमार विकले स्वर्गिय बुबा बाबुलाल विक र आमा पुतला विकको स्मृतीमा ६० हजारको ‘बाबुलाल पुतला स्मृती अक्षयकोष’ स्थापना गर्नुभएको छ ।
उक्त रकमबाट दलित र गरिब मध्येबाट उत्कृष्ट हुने दुई जना विद्यार्थीले बार्षिक रुपमा दुई÷दुई हजारका दरले छत्रबृत्ति पाउनेछन् । विकले बुबा–आमाको फोटो विद्यालयमा राख्नेगरी थप १० हजार पनि सहयोग गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लक्षमण विकले जानकारी दिनुभयो ।
गरिब, दलित तथा जेहेनदार विद्यार्थीहरुको पढाईमा सहयोग पु¥याउने उदेश्यले अक्षयकोष स्थापना गरेको विकले बताउनुभयो ।

SHARE