गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न सवारी चालक सचेतना अभिवृद्धि कार्यक्रम

0
183

चैत १५,२०७८गल्मीः गुल्मीमा सवारी चालक सचेतना अभिवृद्धि सम्बन्धि एक दिने कार्यक्रम गरिएको छ ।

जिल्लामा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले श्रम रोजगार तथा यातयात ब्याबस्था मन्त्रालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलको समन्वयमा जिल्लाको सदरमुकाम तम्घासमा सवारी चालक सचेतना अभिवृद्धि सम्बन्धि एक दिने कार्यक्रम गरिएको हो ।

साना तथा ठुला सवारी चालकका प्रतिनिधिलाई कार्यक्रममा सहभागी गराई सवारी चालक सचेतना अभिवृद्धि कार्यक्रम अन्तरगर्त ट्राफिक नियम र दुर्घटना न्यूनिकरण सम्बन्धि जानाकारी गराईएको थियो ।

कार्यक्रममा सहभागीले रुट प्रमिटको समस्या, प्राईभेट सवारीले सार्वाजानिक सवारीलाई पारेको प्रभाव, सवारी चालक अनुमतिपत्र बिना सवारी सवार लगायतका बिषयमा गुनासा राखेका थिए । उनीहरुले यातयात सेवा ब्यावस्था कार्यालय गुल्मीमा राख्नुपर्ने माग समेत गरेका थिए ।

कार्यक्रममा लुम्बीनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलका प्रहरी निरीक्षक मधु नेपाल लगायतका ट्राफिक प्रहरीले सवारी चालक समबन्धी बभिन्न जनचेतना मुलक जानकारी गराएका थिए ।

पछिल्लो समय ग्रामिण तथा शहरी क्षेत्रमा दैनिक दुर्घटना बढ्दै गएकोले सार्वाजानिक सवारी चालकले आफू मात्र नभई सवारीमा यात्रा गर्ने यात्रुको जीवन सवारी चालकको हातमा भएकाले चालक संबेदनशिल भएर सवारी चलाउ श्रम रोजगार तथा यातयात ब्यावस्था मन्त्रालय बुटवलका सचिव दिपक नेपालले आग्रह गरे ।
यो कार्यक्रम नवलपरासी , रुपन्देही र गुल्मीमा सम्पन्न भएको छ भने लुम्बीनी प्रदेशका ८ जिल्लामा संचालन गरिने श्रम रोजगार तथा यातयात ब्याबस्था मन्त्रालय बुटवलका सचिव नेपालले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल,प्रहरी नायव उपरिक्षक माधवराज खरेल, ट्राफिक प्रहरी निरीक्षक मधु नेपाल, सार्वाजानिक सवारी चालकका प्रतिनिधि लगायत ट्राफिक प्रहरीको उपस्थिती रहेको थियोे ।

SHARE