व्यवसायिक बाख्रापालन सम्बन्धि तीन दिने तालिम सम्पन्न

0
242

हुमाकान्त पोखरेल
गुल्मी, १५ चैत : व्यवसायीक बाख्रापालनसम्बन्धि तीन दिने प्रशिक्षक एवम् प्रशिक्षण तालिम गुल्मीमा सम्पन्न भएको छ । हेफर प्रोजेक्ट नेपालको आयोजनामा शनिबार, आइतबार सोमबार तालिम सम्पन्न भएको हो । तालिममा परियोजनाका संयोजक, प्राविधिक संयोजक, सामुदायिक सहजकर्ता, बाख्रापालक कृषक र सामुदायिक कृषि तथा भेटेनरी उद्यमी सहित पाल्पा र गुल्मीका ४३ जनाको सहभागिता रहेको थियो ।

तालिममा बाख्रापालनको परिचय र महत्व, स्थानीय बाख्राका जातहरु, विदेशी बाख्राका जातहरु, बाख्राको प्रयोजनका लागि गुणस्तरीय बोकाको छनोट, बाख्रामा हाड–नाता प्रजनन, बाख्राको खोर एवम् आहारा व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस्तै बाख्राको आहाराअन्तरगत स्थानीय स्रमा उपलब्ध स्रोत र साधन, सुत्केरी बाख्राको हेरचाह, बाख्रामा बाँझोपनको समस्या, स्वस्थ्य र अस्वस्थ्य बाख्रामा फरक, बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरु, बाख्राको लागि खोप, बीमा लगायतको बिषयमा जानकारी गराइएको परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए ।

तालिममा हेफर इन्टरनेशलन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत डाक्टर मुक्ती भण्डारी, पशुकल्याण विभाग विज्ञ डाक्टर सुर्य प्रसाद दाहाल, वित्तिय विभागका सल्लाहकार नरेश सिंह धामी लगायतले प्रशिक्षण दिएका थिए ।

तीन दिनसम्म तालिम लिएका प्रशिक्षार्थीहरुले कार्यक्रम लागु भएका क्षेत्रका समुहका महिलाहरुलाई प्रशिक्षण दिनेछन् । मासुको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने, बाख्रापालन व्यवसायलाई बृद्धि गर्ने लगायतका उदेश्यले तालिमको आयोजना गरिएको थियो ।

अहिले हेफर इन्टरनेशनलको कार्यक्रम मदाने, मालिका, धुर्कोट, इस्मा, रेसुङ्गा र मुसिकोटमा लागु भएको परियोजना संयोजक भण्डारीले बताए । त्यसका साथै पाल्पाको तानसेनमा पनि हेफर इन्टरनेशलनको कार्यक्रम लागु भएको छ ।

SHARE