रेसुङ्गाका २ वडामा कार्यालयको बन्यो आफ्नै भवन

0
273

चैत १४,२०७८ गुल्मीः भाडाको घरबाट कार्यालयको सेवा प्रदान गर्दै आएका वडा कार्यालयले आफनै प्रशासकीय भवनबाट सेवा दिन थालेका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–५ र ६ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेका हुन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–५ र ६ वडामा नवनिर्मित प्रशासकीय भवनको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै नगरप्रमुख भुसालले संघीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले भाडामा रहेका वडा कार्यालयहरुको भवन निर्माण गरिएको बताउनुभयो ।

वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उहाँको भनाइ थियो । साथै आफ्नो नेतृत्वको सरकारले रेसुङ्गा नगरपालिकामा पहिले भन्दा धेरै विकासका काम गर्न सफल भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, र कृषिको क्षेत्रमा धेरै विकास भएको दावी समेत गर्नुभयो ।

रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले वडा कार्यालय बाट हुने सेवामा कुनै पूर्वाआग्रह नराखि काम गर्न आग्रह गर्नुभएको थियो । जनप्रतिनिधि भनेको जनताको सेवा गर्न बनेको हुँदा कुनै राजनितिक रङ्गले कसैलाई हेर्न नहुने उपप्रमुख भडारीको भनाई थियो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले वडा कार्यालयको प्रशासकीय भवन निर्माणमा सहयोग पु¥याउने वडाका बासिन्दा र वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गर्नेप्रति धन्यवाद दिनुभयो । वडा कार्यालयको प्रशासकीय भवन निर्माणसँगै एउटा विकासले अर्को विकासको माग गर्ने भएकाले त्यस तर्फ नगरपालिकाको ध्यान जाने बताउनु भयो ।

वडा कार्यालयको प्रशसासकीय भवन उद्घाटन कार्याक्रममा दुई वटै वडाको भवन निर्माणको लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता, भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो । नगरपालिकाको वडानम्बर–५ मा निर्मित भवन जनसहभागिता सहति ८५ लाखखको लागतमा सम्पन्न भएको थियो ।


वडानम्बर–६ को वडाकार्यालयको भवन ५८ लाखको लागतमा सम्पन्न भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । नगरका १४ वटा वडामध्ये २ वटा वडा कार्यालयको मात्रै आफनै भवन छैनन् । वडाको सेवा सहज बनाउनका लागि सुबिधासम्पन्न भवन निर्माण भएसँगै आम नागरिक सहज रूपमा सेवा पाउने अपेक्षा गरेका छन् ।

SHARE