
सूर्य सुनार
चैत१२,२०७८ गुल्मी :लामो समय देखी बिरामी भएर थला परेकी मुसिकोटकी शोभालाई उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–३ निवासी २० वर्षकी बिरामीलाई मुसिकोट नगरपालिका ३ ठूलाचौर माइत भएकी मिना र उहाँका श्रीमान मिलन गौताम र उनीकी छोरी कन्चन गौतामले कतारबाट सुनारको उपचारको लागि नगद ५ हजार सहयोग गर्नुभएको उहाँको जेठान कमल रिजालले जानकारी दिनुभयो ।
त्यस्तै मुसिकोट नगरपालिका ३ ठूलाचौर माइत भएकी पुष्पा र उहाँका श्रीमान सुरेश गौतामबाट उनको उपचारको लागि नगद ५ हजार जापानबाट सहयोग गर्नुभएको उहाँको दिदी कल्पना पन्थीले बताउनुभयो ।

उपचारका लागि बिभिन्न मिडियाबाट आफ्नो ज्यान जोगाईदिन सबैसंग सहयोगको अपिल गरे पछि उनको उपचारको लागि सहयोग गरिएको हो । आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन शोभाकी आमा सुन्तली सुनारले सबैमा अनुरोध गर्नुभएको छ ।
शोभाको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।








