मृगौला पीडित अनन्तबहादुरको आर्थिक अभावका कारण उपचारमा समस्या

0
233

९ चैत, गुल्मी : उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाई दिन सबैसंग सहयोगको याचना गरेका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ३५ वर्षका मृगौला पिडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका हुन् ।
आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन मृगौला पीडित अनन्तबहादुर खत्रीले आग्रह गरेका हुन् ।

दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका खत्री बिगत २ महिनादेखि अस्पतालमा उपचारत छन् मृगौला पिडित खत्रीकोे आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
मृगौला पिडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।

२ महिनादेखि भैरहवामा उपचार गराइरहेका छन् । गाडी चलाएर घरायसी दैनीकी चलाउदै आएका अनन्तबहादुरको एक्कसी बिरामी परेपछि उपचारमा गएका थिए ।
घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकेपछि थपउपचार गर्ने रकम नभएपछि अनन्तबहादुरले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेका छन् । चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् ।

स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।

उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खातानम्बर बिष्णुकला बस्नेत खत्रीको शाईन रेसुङ्गा डेभलपमेन्ट बैक ०१५००७००४९७७८००००००१ जम्म गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९१११४४१ गर्न सकिनेछ ।

SHARE