चैत ९,२०७८काभ्रे :ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले माओवादी आन्दोलन अर्थात् जनयुद्धको जगमा काठमाडौंको सिंहदरबारमा केन्द्रित अधिकार जनताको आँगनमा पुगेको बताएकी छन्।
बुधबार काभ्रेको बनेपामा महाभारत–उपत्यका सम्पर्क समन्वय समितिद्वारा आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन्।
‘जनयुद्ध र १९ दिने जनआन्दोलनबाट जनताको संविधान लेख्यौँ, जनताको अधिकारलाई लिपीबद्ध गरौँ र सिंहदरबारमा केन्द्रित अधिकारहरु जनताको घरदैलोमा लैजाने काम गरे’ उनले भनिन्, ‘त्यसैलाई हामीले सिंहदरबारको अधिकार जनताको घर आँगनमा बन्यो। कार्यपालिका, न्यायपालिका लगायतका अधिकार सम्पन्न पालिका सरकार बनायौँ।’
मन्त्री भुसालले निर्वाचन वडा र पालिकाको प्रतिनिधि चुन्नको लागि मात्रै नभई परिर्वतन र सहिदको सपना सार्थक बनाउनको लागि भएको बताइन्। मन्त्री भुसालले आगामी निर्वाचनमा परिवर्तनको एजेण्डा रक्षाको लागि भए पनि माओवादीले जित्नुपर्ने बताइन्।