पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरुद्धमा युवा संघ गुल्मीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

0
275

टोपलाल अर्याल
चैत ६,२०७८गुल्मीः राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ मुल्य बद्धि र उपभोग्य बस्तुको मुल्य बृद्धि गरेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छ ।

संगठनले ज्ञापन पत्रमा मुलुक अहिले गम्भिर संकटबाट गुज्रीरहेको अवस्थामा परमादेशको नामबाट आएको अपबित्र गठबन्धनको सरकारले जनतालाई निराशा बनाउने बाहेक कुनै काम गर्न नसकेको युवा संघले आरोप लगाएको छ ।

नागरिक कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेको अवस्थामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थ मुल्य बद्धि गरेर जनतालाई राहतको सट्टा आहात बनाएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए । उनले उपभोग्य बस्तुको मुल्य दिनानुदिन बढ्दै जाने र बजारमा कृतिम अभाव समेत देखिन थालेका कारण नागरिक चपेटासंग सरकार रमिते बनेको कारण जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको भण्डारीले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको घोरभ्रत्सना गर्दै अबिलम्ब मुल्यबृद्धि फिर्ता लिन जोरदार माग गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्डबिक्रम पौडेलले युवासंगको पत्र तत्काल प्रधानमन्त्रीको कार्यालय पठाउने जानकारी दिए ।

SHARE