पाल्पामा लागूऔषध सहित तीन जना कलिला युवक पक्राउ

0
548

फागुन २५,२०७८ पाल्पा :जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषध सहित तीन जना युवकलाई पक्राउ गरेको छ । मंगलबार बेलुकी मोटरसाइकलमा लागूऔषध सहित बुटवल जान लागेका दुई जना र तानसेनबाट सर्देवातर्फ जान लागेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ् जिल्ला ताराखोला गाउँपालिका–१, बस्ने २१ वर्षका नितेष घर्तीमगर र बाग्लुङ् जिल्ला काठेखोला गाउँपालिका–५, बस्ने २० वर्षका मोहन श्रीस रहेका छन् । उनीहरूको साथमा नुफ्रिन ३ एम्पुल, डाइजोपम २ एम्पुल प्रेथोजिन ३ एम्पुल, प्रयोग गरेको डाइजोपम १ थान र सिरिन्ज २ थान फेला गरेको छ ।

मंगलबर बेलुकी ५ बजेतिर ध २ प ३६९४ नम्बरको मोटरसाइकल चढेर बुटवलतर्फ जाने क्रममा उनीहरूलाई प्रभास चौकीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उता हार्थोक प्रहरी चौकीले तानसेन हुँदै सर्देवातर्फ जाँदै गरेको ध १ प १०४९ नम्बरको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ् जिल्ला बाग्लुङ् नगरपालिका–३, बस्ने २१ वर्षका सौरव पुन रहेका छन् । पुनको साथबाट डाइजोपम २२, नुफ्रिन २०, प्रेथोजिम २२ गरी ६४ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाका अनुसार तीनै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

SHARE