
फागुन २४,२०७८ गुल्मी :गुल्मी उद्योग बाणिज्य संघले चौथो गुल्मी महोत्सव गर्ने भएको छ ।
यहि चैत २५ गतेदेखी बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव गर्न लागेको संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
गुल्मी जिल्लाको सम्पन्नता र सम्वृद्धिको निकास,शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटनमा आधारित ब्यापारको बिकास भन्ने नारा सहित चौथो गुल्मी महोत्सव गर्न लागिएको गुल्मी उद्योग वाणिज्य संघको अध्यक्ष इश्वरी पौडेलले जानकारी दिए ।

महोत्सवबाट आम्दामीको रकमको ४० प्रतिशत सामाजिक उत्तरदायित्व कार्यक्रममा खर्च गरिने पौडेलले जानकारी दिए ।
महोत्सवमा करिब १ लाखले अबलोकन गर्ने अनुमान गरिएको प्रचारप्रसार उपसमितिका संयोजक तारा भुसालले जानकारी दिए ।
महोत्सव सफल पार्नका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।






