राष्ट्रिय भूमी आयोग गुल्मीद्धारा परिणम देखिने गरी काम गर्ने योजना सार्वजनिक

0
276

गीता बस्याल
फागुन २३,२०७८ गुल्मी : राष्ट्रिय भूमी आयोग गुल्मीले परिणम देखिने गरी काम गर्नका लागि योजना सार्वजनिक गरेको छ ।

१२ वटै स्थानीय तहका प्रमुख , उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र सरोकारवालाहरुको छलफलबाट परिणम देखिने गरी काम गर्ने योजना बनाएको छ ।
फागुन मसान्त सम्ममा आयोग र स्थानीय तहहरुसंग सम्झौता गर्ने, चैत मसान्त सम्ममा स्थानीय तहमा सेवा केन्द्र स्थापना ,कर्मचारी ब्यबस्थापन र प्रारम्भिक विवरण चैत ५ गतेसम्म गर्ने निर्णय गरेको छ ।

यस्तै स्थानीय तहको वडा स्तर सम्म सहजीकरण समिति गठन गर्ने , भूमिहिन दलित , ससुकुम्बासी,र अब्यबस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनका लागि ३५ दिने सूचना प्रकाशनका लागि सिफारिस गर्ने र संभावित जग्गाको लगत संकलन गर्ने निर्णय गरेको छ । सुकुम्वासीहरुलाई प्रदान गरिने जग्गाको ब्यबस्थापन सम्बन्धमा सरोकारवालाहरुसंग छलफल गरेको छ ।

आयोगले यस अघि बिद्युत्त ,सडक, बन , खानेपानी र सिंचाइ कार्यालयका प्रमुखहरुसंग सुकुमबासीरुलाई प्रदान गरिने जग्गामा आयोजना र अन्य बिकास निर्माणका कार्यहरुले प्रभाब पार्न सक्ने संभाबनालाई मध्यनजर गर्दै अन्र्तक्रिया समेत गरिसकेको छ ।

ब्यबस्थापन गरिने जग्गामा बिद्युतको हाइटेन्सन लाइनले पार्न सक्ने समस्या, सडक, खानेपानी र सिंचाइका योजना र वन कार्यालयसंग सम्बन्धित समस्याहरुले जग्गा ब्यबस्थापनमा समस्या नआउनका लागि कार्यालयले सम्बन्धित कार्यालयका प्रमुखहरु संग पनि छलफल गरेको हो ।

गुल्मीमा यस अगाडीको सुकुम्वासी आयोगले तयार गरेको प्रारम्भिक विवरण अनुसार ४३५ भूमिहिन दलित, सुकुम्वासी ३९० ,अब्यवस्थित बसोबास एक हजार ४४४ र अपुरा अधुरा कार्यहरु १८८ गरी दूई हजार ४५७को लगत संकलन भएको जिल्ला अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।

जिल्लामा अहिले अध्यक्ष मात्र सरकारले नियुक्त गरेको छ भने बिज्ञ सदस्य सहित अन्य तीन जना सदस्यहरु नियुक्त गर्न सकेको छैन ।

SHARE