
फागुन २०७८ गुल्मी : सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि गुल्मी शाखाको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
शाखाले समग्र गुल्मी जिल्ला र जिल्लाकै पर्यटन प्रबर्द्धनका निमित्त गुल्मीको चन्द्रकोट गा पा ४ मा रहेको टिमुरे ताल लाई छनोट गरेको थियो ।
उक्त ठाउँमा बस हाल सम्म बस नपुगेको कारण हामी जाने क्रममा गाउलेहरु निकै खुसीकासाथ भब्य रुपमा स्वागत सत्कार गरि हौसला बढाएको सुर्या लाइफ इन्स्योरेन्स क लि गुल्मी शाखा प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।

चन्द्रकोट गा पा ४ को टिमुरे को अध्ययन भ्रमण बाट फर्कने क्रममा उपल्लो रेमि र तल्लो रेमिमा गाउलेहरू पहिलो पटक बस आफ्नो गाउमा पुगेको खुसियालीमा स्वागत गरेका थिए।

सुर्या लाइफले प्रत्येक बर्ष आफ्नो ब्यबसायमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता हरुलाइ बनभोज कार्यक्रम गर्दै आयको छ । प्रत्येक बर्ष नयाँ ठाउको रोजाइ रहेको प्रमुख पोखरेलले बताए।
नयाँ ठाउको रोजाइ ले नयाँ ठाउको अध्ययन र अनुभव हुने र त्यस ठाउका नागरिकलाई आफ्नो जीवनको सुरक्षामा जोडिन आग्रह सङ्गै यो यात्रा अभियानको रुपमा अगाडि बढाउन सकिने पोखरेलले दाबी गरे ।







