भीरबाट लडेर वडाध्यक्षको मृत्यु

0
316

फागुन १६,२०७८तनहुँ : देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भीरबाट खसेर मृत्यु भएको छ। वडा कार्यालयबाट घर फर्किने क्रममा भीरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीवार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भीरबाट खसेको अवस्थामा आइतवार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए।

उनका अनुसार वडाध्यक्ष शवको भीरबाट तल ३०र४० मिटर तल खसेको थियो। वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए।

SHARE