वडाध्यक्ष कार्कीको निधन

0
752

फागुन १४,२०७८सुर्खेत : भेरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कीको दुर्घटनामा परी निधन भएको छ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको शुक्रबार राति साढे १० बजे काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

फागुन ८ गते दिउँसो करिब पौने ३ बजे रत्न राजमार्गअन्तर्गत भेरीगंगा(१२ छिन्चु बजारदेखि पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट कार्की र वाइसिएल भेरीगंगाका अध्यक्ष भूपेन्द्र शाही घाइते भएका थिए।

शाहीको अनुहार र खुट्टामा चोट लागेको थियो।

SHARE