टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

0
189

फागुन १२,२०७८ रुकुम :रुकुम पूर्वको भूमे गाउँपालिका(४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका(१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे(५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए।

उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताए। यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनियर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका(५ का २३ वर्षका रामआशिष चौधरी छन्।

SHARE