निर्वाचन केन्द्रीत हुँदै काँग्रेस रुपन्देही ,सवै बडामा पार्टी बडा कार्यालय स्थापना गरीने

0
482

फागुन २ ,२०७८भैरहवा : सघिंय सरकारले आगामी बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसगैं नेपाली काँग्रेस रुपन्देही निर्वाचन केन्द्रीत देखीएको छ । उम्मेदवार छनौटमा पारदर्शीता अपनाउदै प्रचार प्रसारलाई प्रभावकारी बनाउने हिसावले काँग्रेस लागेको छ ।

यसैक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको आतीथ्यतामा पार्टी कार्यालय भैरहवामा सोमवार बसेको जिल्ला कार्यासमीतीको बैठकले सवै बडामा पार्टी बडा कार्यालय स्थापना गर्ने तथा टोल समीती गठन गर्ने निर्णय गरेको छ ।

फागुन मासन्त भित्र जिल्लाका १ सय ५५ बटै बडामा पार्टीका बडा कार्यालय स्थापना गर्ने र सवै टोलमा पार्टीका टोल समीती गठन गर्ने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

त्यस्तै पार्टीका गतीबीधी अनुगमन गर्नकोलागी उपसभापति अनीता शाहको सयोंजकत्वमा अध्यन समीती समेत गठन गरीएको छ । उक्त समीतीमा प्रध्यापक, शिक्षक, वकील तथा पत्रकार समेत रहने छन् ।

उक्त समीतीले स्थानीय तहकालागी आकांक्षी र लोकप्रीय उम्मेदवारहरुको बारेमा समेत अध्यन गर्ने काँग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिनुभयो ।
पार्टीले आगामी फागुन २२ मा सहीद यादव नाथ आलोक र रामप्रशाद चौधरीको स्मृतीमा रुपन्देही क्षेत्र नं १ को सुरज पुरामा स्मृती सभा एवं सहिद परिवार सम्मान कार्यक्रम समेत गर्ने भएको छ ।

SHARE