ह्वात्तै घट्यो सुनको मूल्य

0
865

माघ १३,२०७८काठमाडौं :नेपालमा आज सुनचाँदीको भाउ घटेको छ।

सुन आज प्रतितोला ९ सयले घटेको छ भने चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ। योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

SHARE