मन्त्री झाँक्रीद्धारा स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आधा महिनाको तलब

0
261
फाइल फोटो

माघ १३,२०७८काठमाडौं :स्वर्गीय पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन्।

उपचारका क्रममा २६ वर्षको उमेरमै काठमाडौंमा ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा झाँक्रीले रकम ट्रान्सफर गरिदिइएकी उनको सचिवालयले जनाएको छ।

विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन्। अस्पतालको लापरबाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भइरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड दिएको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

SHARE