माघ ११,२०७८काठमाडौं : नेपालमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ तोकिएको छ।
यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको छ। सोमबार प्रतितोला ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।