
माघ १०,०७८धनकुटा : तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका(४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ।
गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।
उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोज तलास गरे पनि फेला पार्न सकेको थिएन। लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो।













