आगोमा जलेर एक महिनेको शिशुको मृत्यु

0
173

माघ ९,२०७८सुर्खेत :ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ। शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन्।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तीबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो। शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ।

SHARE