नेपाली काङ्ग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी : सभापति पन्थी

0
25

पुस २७,२०७८ गुल्मीः नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका छन् ।

मंगलबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा गुल्मी काङ्ग्रेसको अठोट स् सबल वडा सक्षम टोलू भन्ने मुख्य नारा सहित गुल्मी काङ्ग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली काङ्ग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका हुन् ।

अहिले हाम्रो समाजमा दलितको श्रम, सीप र रगत चल्छ । प्रमुख अतिथि जिल्ला सभापति पन्थीले भनेर पानी नचल्ने अपराध गर्न कसैलाई छुट छैन । फरक प्रसङ्गमा सभापति पन्थीले पटक(पटक मन्त्री बन्दा एउटा खोलामा पुल बनाउन नसक्नेको गफ मात्र सुनाएको भन्दै उनले गफ र प्रलोभनमा नपर्न आग्रह गरे । उनले आफ्नो पहलमा तम्घास सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेको बताए ।

अभियानको शुभाराम्भ कार्यक्रममा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ख का सभापति रेखा कुमार जिसीले मालिका गाउँपालिका पूर्ण रुपमा असफल भएको बताए । चुनाबमुखी योजना र बजेटको भ्रममा नपर्न जिसीले आग्रह गर्दै सभापति जिसीले अहिले निर्वाचित जनप्रतिनिधिहरुले ४ वर्षसम्म मनपरी गरी दास बनाएर अहिले प्रलोभनमा पार्न थालेको भन्दै त्यसको अन्त्य गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले कम्युनिस्टहरुले भोट किनेर चुनाब जितेको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचन नजिक आएको कारणले विभिन्न प्रलोभन देखाएर कम्युनिस्टहरुले दास बनाएकोले त्यसबाट उम्किन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनौं कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । नेपाल शिक्षक संघ मालिका गाउँपालिका सभापति भोजराम अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम वडासभापति लेखनाथ अर्यालको सभापतित्व रहेको वडा सचिव प्रदिप जिसीको संचालन रहेको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, गुल्मीको निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेश सभा ख का सभापति रेखा कुमार जिसी, क्षेत्रीय सचिव लालमणी भण्डारी, मालिका गाउँपालिका सभापति उपेन्द्र अर्याल, उपसभापति दिपक भण्डारी, क्षेत्रीय सदस्य ओम प्रकाश अर्याल साथै वडा सभापति लेखनाथ लगायतको उपस्थिति रहेको थियो । अभियानको लागि जिल्लाका ९३ वटै वडामा जिल्ला तहका नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएर एकैसाथ अभियानको शुभारम्भ गरिएको छ ।

SHARE