निर्वाचनका लागि आचारसंहिता लागू

0
316

पुस २६,२०७८काठमाडौं : आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।

आयोगले पुस २६ गते ९सोमबार०बाट लागू हुने गरी राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो।

आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र राज्यका सबै निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए।

सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए।

उनका अनुसार निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्न पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ।

सहसचिव धमलाले सम्बन्धित संघसंस्थाका कर्मचारीहरूलाई विदेश भ्रमण जान भने आयोगको पूर्वसहमति लिनुपर्ने बताए। सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थालाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उनले आग्रह गरे।

SHARE