लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि १ अर्ब बजेट

0
293

पुस २२,२०७८ रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट १ अर्वको बजेट लिन सफल भएको बताउनुभएको छ । यसै साता काठमाण्डौमा संघीय सरकारसंगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्वको बजेट प्रदान गरिएको बताउनुभयो ।

काठमाण्डौमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी विचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि १ अर्व बजेटको व्यवस्थाका लागि निष्कर्षमा पुगेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा बन्न लागेकोले हाल संघीय सरकारबाट १ अर्व बजेट संघीय सरकारले व्यवस्था गरि सकेको बताउनुभयो । आगामी दिनमा अझै सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अब प्रदेश राजधानी निर्माणको विषयमा नीति गत र बजेटका हिसावले तिव्र रुपमा अगाडि बढाउन बताउनुभयो । उहाँले जगा प्राप्तीको विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको विषले गति लिने उहाँको दावी छ ।

संघीय सरकारले बजेट प्रदान गरेकोमा मुख्यमन्त्री केसीले संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद दिर्दै आगामी दिनमा समेत सहयोग गरि दिनका लागि आग्रह गर्नुभएको छ ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि संघीय सरकारसँग ३ अर्व बजेट माग गर्ने मन्त्री परिषद्ले निर्णय गरेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीलेको पहलमै काठमाण्डौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट पछि संघीय सरकारले १ अर्व प्रदान गरेको हो ।

यस रकमकाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिकरण कार्य समेत गरि अगाडि बढाइने छ । कुलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व लिएपछि यो धेरै आयमिक कार्यहरु मध्ये राजधानी निर्माण पनि एक महत्वपूर्ण हो । त्यसैले त्यसमा प्रदेश सरकारले विभिन्न निकायसँग छलफल गरी अगाडि बढाएमा सोचे भन्दा छिटो प्रदेश राजधानी निर्माण हुनेछ ।

SHARE