पाल्पाबाटै सवारी लाईसेन्स दिने मन्त्री ढेंगाको दाबी

0
358

पुस २२,२०७८ पाल्पा : विकट जिल्लाहरुमा सहज सेवालाई मध्यनजर गर्दै पाल्पाबाट डिजिटल सवारी लाईसेन्स वितरणको व्यबस्था मिलाउन लागेको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पूर्मति ढेंगा मगरले बताउनुभएको छ ।

पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्गजा लगायतका जिल्लाका सेवाग्राहीलाई बुटवल धाउन समस्या छ, पाल्पाको रामपुरमा महिन्द्राको डिलर रामपुर अटो भिलेजको उद्घाटन गर्दै मन्त्री ढेगाले भन्नुभयो–बुटवलको चाप र सरल सहज सेवाका लागि पाल्पाबाटै सेवा दिने गरि ट्रायल सेन्टरलाई जग्गा अनुगमन समेत गरि अगाडी बढेका छौं । मन्त्रालयमा पाल्पाली सचिव भएकाले पनि यो कामलाई दु्रत गतिमा गर्न लागेको मन्त्री ढेंगाँको भनाई छ ।

रामपुरमा महिन्द्राको अधिकृत बिक्रेता बालाजु अटो वर्कसप प्रालिको सव–डिलर तथा लोक शुसिला अटो कन्शर्नको डिलर ‘रामपुर अटो भिलेज’ उट्घाटन भएको हो । स्थानीय गणेश रेग्मी र कुलमणि रेग्मीले महेन्द्रासँगको सम्झौतामा केही समयअघि देखि महिन्द्रा डिलरबाट सेवा दिदै आएपनि कोभिडको जोखिमका कारण औपचारिक सेवा शुरुवात हुन सकेको थिएन ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर व्यापारिक केन्द्र बनेको बताउदै डिलर सञ्चालनले थप व्यापारिक र व्यवसायिकतालाई जोड दिने बताउनुभयो । यो पेशा व्यवसाय हो सँगै सेवा पनि हो उहाँले भन्नुभयो–मानब स्वास्थ्य जस्तै नियमित गाडी चेकजाच गर्नुपर्छ, गाडी लिएर समयमा सर्भिस गर्न भनेपनि कतिपय समयमा देखाउदैनौं तर समय–समयमा चेकजाच गर्न उहाँले आग्रह गर्नुभयो ।

प्राविधिक राम्रो भयो भने सवारी धनीले बुटवल, पोखरा नगई यहीबाट सेवा लिन्छ उहाँले थप्नुभयो रामपुर क्षेत्रमा सम्भावना र अबसर दुबै छ ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिमाल मल्लले प्राविधिकले राम्रो चेक गरेर सेवा दिए त्यहीबाट गाडी तानिने बताउनुभयो । समाजसेवी राजु प्रसाद श्रेष्ठले महिन्द्राको सवारी रामपुर क्षेत्रमा बढी रहेको र सर्भिसिङ्गको लागि बाहिर जाने समस्याको समाधान भएको बताउनुभयो ।

SHARE