सरकारले मगर र थारु समुदायको विकासमा भूमिका निर्वाह गर्दै आएको छ : मुख्यमन्त्री केसी

0
450

पुस २१,२०७८ रुपन्देही : लुम्बिनी प्रदेश सरकारले मगर र थारु समुदायको महान पर्व माघी संक्रान्तिको अवसरमा माघी मिलन तथा मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानले नै सबै समुदायको हक र अधिकार, भेष भुषा, चाड पर्वलाई नै समान अधिकार प्रदान गरको बताउँदै त्यसमा पनि लुम्बिनी प्रदेशमा मगर र थारु समुदायको विशेष क्षेत्र भएकाले संरक्षण र विकासका लागि प्रदेश सरकारले नै भुमिका खेल्नु पर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले मगर, थारु समुदायको विकासमा भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत गर्नु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले यस्तो विचार माघी महोत्सव २०७८ को अवसरमा आयोजित कार्यक्रमको छलफल तथा समन्वयात्मक बैठकमा मुख्ममन्त्री केसीले यस प्रदेशका आदीवासी जनजातीहरुको बाहुल्यता प्रदेश भएकाले गर्दा यस प्रदेशमा सरकारले ति समुदायको भाषाको संरक्षणमा समेत ध्यान दिनु पर्ने बताउनुभयो ।

मन्त्री तथा सचिवहरुको सरकारले आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बुटवलमा मुख्यमन्त्री कुप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले यस प्रदेशमा मगर तथा थारु समुदायको महत्वपूर्ण चाड रहेकोले गर्दा प्रदेश सरकार गठन भएलगत्तै माघ १ गते सार्वजनिक विदा समेत प्रदान गर्दै आएको छ ।

प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघी मिलन समारोहमा सम्पन्न गर्ने, सो कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डिल्लीराम शर्माको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरेको छ ।

सोही दिनमा मगर, थारु लगायत आदिवासी जनजातीहरुको झाँकीहरु प्रदेश गर्ने, मन्त्री, सरकारी कार्यालय, गैर सरकारी कार्यालय, सञ्चारकर्मी, समुदायका विभिन्न सघ सँस्थाहरु लगायतलाई पत्रचार गर्ने निर्णय समेत गरेको छ । बैठकमा मन्त्री, सविच लगायतको सहभागीता रहेको थियो ।

SHARE