पुस २०,२०७८ काठमाडौं : लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट विभिन्न प्रकारका ७ सय ५० एम्पुल नियन्त्रित लागुऔषधसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका(१ घर भएका २७ वर्षीय कृष्ण यादव र सप्तरी सखुवा गाउँपालिका(४ घर भएका १९ वर्षीय दिपेशकुमार राम रहेका छन्।
नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कृष्णलाई १ सय ५० एम्पुल नुर्फिन, १ सय ५० एम्पुल डाइजेपाम र १ सय ५० एम्पुल फेनारगनसहित र दिपेशलाई १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगनसहित फेला पारी पक्राउ गरेको हो।
बाराबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २(०३(००१ ख ३६२२ नम्बरको बसमा सवार कृष्ण र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र।१(००५(००१ ख ००६५ नम्बरको बसमा सवार दिपेशले लुकाई ल्याउँदै गरेको उक्त लागुऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।