सहकारीबाट सवा नौ लाख चोरी

0
253

पुस २०,२०७८ काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित एक सहकारीबाट रकम चोरी भएको छ।

गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

अज्ञात समूहले गएराति ढोका फुटाएर रकम चोरी गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले जानकारी दिए। चोरीको घटनाबारे अनुसन्धान भइरहेको केसीले बताए।

SHARE