आज वर्षा र हिमपातको सम्भावना

0
401
फाइल फोटो

पुस १२,२०७८काठमाडौं आज सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले अनुमान गरेको छ।

सोमबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

राति पनि पहाड तथा तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

SHARE