शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता

0
1060

मंसिर २,२०७८
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

शुक्रबार बिहान भएको भेटवार्तामा सदन सञ्चालन गर्नेलगायतका समसामयिक विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले बताइन्।

भेटमा प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामनासमेत प्रदान गरेका थिए। सोही अवसरमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्। थाहाबाट

SHARE