गुल्मी अर्जेकी अर्याल अस्पतालको बेडमा छटपटाउँदै

क्यान्सर बल्झिएपछि आर्थिक अभाव

0
578

टोपलाल अर्याल
मंसिर २८,२०७८ गुल्मीःमालिका गाउँपालिका ६ की २३ बर्षीया रिता अर्यालको आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको छ ।

उनी अहिले भरतपुर क्यान्सर अस्पतालमा छन् । गत साउनमा ढाडमा सानो मासु पलायो । उपचारको लागि तम्घासको एक मेडिकलमा आइन् । स्वास्थ्यकर्मीले सानो मासु भएकाले काटेर फालिदिए ।

लगभग एक महिनामा फेरि समस्या बल्झियो । पहिलेकै मेडिकलमा आइन । मेडिकलकर्मीले फेरि पनि मासु काटने सुझाव दिए । एकाएक मासु बढेर ठुलो बन्यो । अर्याल आफन्तको आग्रहमा बुटवल पुगिन् । बुटवलका अस्पतालमा पनि उपचार भएन । डाक्टरले बुटवलबाट काठमाण्डौ पठाए ।

काठमाण्डौमा मासुको अप्रेशन गरियो । भारत लगेर बायस्पी गरेपछि क्यान्सर भएको पुष्टि भएको उपचारमा संलग्न दिदि मिठु बस्नेतले बताइन् । उनले मेडिकलले तम्घासमै हचुँका भरमा उपचार गरेका कारण समस्या झन बल्झिएको बताइन् ।

परिवारलाई अस्पतालमा बिरामीको उपचार र छोरीको हेरचाह गर्न निकै अपठ्यारो परेको छ । एक हप्तादेखि पीडितको भरतपुरमा क्यान्सरको उपचार सुरु भएको छ । किमो सुरु भएकाले उपचार खर्चमा समस्या परेको बस्नेतले गुनासो गरिन् ।

क्यान्सर पीडित अर्यालको ११ महिनाको छोरी छन् । घरको आर्थिक अवस्था राम्रो छैन् । भर्खरै कमाउन गएका श्रीमान मिन बहादुर अर्याल पनि श्रीमती बिरामी परेपछि गाउँ फर्किए । श्रीमानले सवैसंग सहयोगको याचना गरे ।
‘श्रीमती बिमारले थला परेपछि कसरी काम गरुँ । ११ महिनाको छोरीको समेत कन्तबिजोक छ,’उनले भने,‘दैव पनि गरिव र बिपन्नलाई मात्र लाग्ने रहेछन् ।

SHARE