अपाङ्गताको क्षेत्रमा बनेका नीति नियमको कार्यान्वयनमा सरोकारको जोड

0
249

बसन्त श्रेष्ठ छापेली
मंसिर१८,२०७८ :अपाङ्गताको क्षेत्रमा बनेका नीति नियमको पूर्ण कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवशरमा सन्धिखर्कमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले अपाङ्गता भएका व्यक्तीहरुप्रतिको व्यवहार र बनेका नीतिहरुको कार्यान्वयन पक्ष कमजोर रहेको बताएका हुन ।

दिवशको अवसरमा सन्धिखर्कको निर्मल नवज्योति सुस्त मनस्थिती बिद्यालयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्थानीय तहमा अपाङ्गता भएकाहरुका लागि प्रयाप्त अवशर नगरिएको बक्तारुको भनाई थियो । दिवशको अवशरमा अपाङ्गता भएका व्यक्तीहरु र बौद्धिक अपाङ्गता भएका वाललालिकाहरुसँग अन्र्तक्रिया तथा कुर्सी दौढ कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा निर्मल नवज्योति सुस्त मनस्थिती बिद्यालय आयोजक, एचआरडिसीको आर्थिक सहयोग तथा श्रृनशील अपाङ्ग विकास केन्द्र, श्रृजनशील अपांगता सरोकार केन्द्र र अर्घाखाँची नेत्रहिन संघ लगायतको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सदस्य कमला परियार, बिशिष्ठ अथिति तथा श्रृजनशील अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डको, जिल्ला समन्वय समितिका सदस्य गणेष बहादुर नेपाली, एचआरडिसीका कार्यक्रम प्रमुख सुमन ढुगांना लगायतले अपाङ्गगता भएकाहरुको सवालमा सबै पक्षले साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बिद्यालयका अभिभावक ऋषब अधिकारीको अध्यक्षता, सिता पौडेलको स्वागत मन्तब्य र एकता रायमाझीको सञ्चालन रहेको थियो ।

SHARE