बिहादी गाउँपालिकाको अध्यक्षमा ऋषीराम भुसाल ,समृद्ध बिहादी गाउँपालिका बनाउने उद्घोष

0
60

मंसिर१४,२०७८ पर्वत : नेकपा माओबादी केन्द्र बिहादी गाउँपालिकाको अध्यक्षमा ऋषीराम भुसाल चयन भएका छन् ।

गाउँपालिकाको अबिधेशनबाट मंसिर ११ गते भुसाल अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएपश्चात भुसालले गाउँपालिकालाई समृद्ध बिहादी गाउँपालिका बनाउने उदघोष गरेका छन् ।

गाउँपालिकालाई कृषि ,पशुपालन र पर्यटनका हिसाबले आत्म निर्भर बनाउने सकिने भन्दै यस अभियानलाई सार्थक बनाउनु नै आफनो पहिलो प्राथमिकता रहेको उनको भनाई छ ।
पहिले पालिका भित्रका नागरिकहरुलाई आत्म निर्भर बनाउने गरी आफू लाग्ने भन्दै कृषि ,पशुपालन र पर्यटन नै उत्तम रहेको उनको दाबी छ ।करिब २ दशक देखी ब्यबसायीक कृषि पेशामा संलग्न रहेका भुसाल कृषक संजालका केन्द्रिय अध्यक्ष समेत रहेका छन् ।

माओबादी केन्द्र बिहादी गाउँपालिकाको उपाध्यक्षमा टेकबहादुर थापा,जयकृष्ण काफले,मनबहादुर क्षत्री रहेका छन् ।

यस्तै सचिबमा टेकबहादुर क्षत्री,सह—सचिबमा त्रिदीप गुरुङ र कोषध्यक्षमा सर्मिला सुनार रहेका छन्
माओबादी केन्द्र बिहादी गाउँपालिकको ५५ सदस्यीय कमिटि गठन भएको हो ।

SHARE