मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

0
304

मंसिर१४,२०७८काठमाडौं :कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन्।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सत्तारुढ गठबन्धन नेकपा ९माओवादी केन्द्र०, नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन् ।

प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ। तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेकाले उनले विश्वासको मत पाउने निश्चित छ।

SHARE