कांग्रेस १४ औँ महाधिवेशन : पाल्पाको दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन

0
195

सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ मङ्सीर : नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्र्तगत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । यहाँ भएको निर्वाचनमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रिय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. १ पाल्पाको सभापतिमा झमनबहादुर राज मगर निर्वाचित हुनु भएको छ । राज मगरले सभापतिको लागि भएको मतदानमा उहाँका प्रतिष्पर्धी विष्णुबहादुर बोमरेललाई पछि पार्दै ४४९ मत प्राप्त गर्नुभएको छ । प्रतिष्पर्धी बोमरेलले १३० मत प्राप्त गर्नु भएको छ ।
क्षेत्रीय कार्यसमितिको लागि सभापति र खुल्ला सदस्यको लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएको छ । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन हुनुभएको हो ।

त्यस्तै सह–सचिवमा जंगबहादुर दर्लामी र दिपक अर्याल, खुल्ला महिला सदस्यमा पार्वती न्यौपाने, खस आर्यमा सदस्यमा तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुल्ला सदस्यमा केशवकुमार ढेंगा र बमबहादुर सिंजाली, आदिबासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुल्ला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन हुनु भएको छ ।
खुल्लातर्फको तीन जना सदस्यको लागि भएको मतदानमा महादेव खड्का ३५२ मत, दल बहादुर थापा ३४२ मत र मधुसुदन पोखरेल ३१५ मत सहित निर्वाचित हुनु भएको हो । प्रतिष्पर्धी भेषराज सापकोटाले २२४ मत र विष्णुप्रसाद गौतमले २४२ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ज्ञानबहादुर गाहा ४८९ मत, रमणबहादुर थापा ४४४ मत, देवराज ढकाल ४२६ मत, सन्तोषकुमार थापा ४२९ मत, कृष्णप्रसाद अधिकारी ३७६ मत, दानबहादुर पछाई ३६३ मत, कल्प पौडेल ३२५ मत, शालिकराम पाण्डे ३१३ मत, लक्ष्मण भट्टराई ३०९ मत, खगेश्वर पाठक ३०३ मत सहित निर्वाचित हुनु भएको छ ।
महाधिवेशन प्रतिनिधिका प्रतिष्पर्धीहरु डिल्लीराज रेग्मीले २११ मत, नवीन थापाले १४२ मत, राम शाहले २२१ मत, रामचन्द्र नेपालले १५४ मत, लक्ष्मण बस्यालले ३०० मत, विजयराज घिमिरेले २१३ मत र शंकर खनालले २८८ मत प्राप्त गर्नु भएको छ ।
खुल्ला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८ मत विष्णुमायाँ ढकाल ४४० मत, गंगा पंगेनी ३४६ मत र दुर्गादेवी भण्डारी ३१३ मत सहित निर्वाचित हुनु भएको छ । प्रतिष्पर्धी विष्णुदेवी आचार्यले २८२ मत, तारा रसाइलीले २५३ मत प्राप्त गर्नु भएको छ ।
खस आर्य खुल्लामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मत सहित निर्वाचित हुनु भएको छ । प्रतिष्पर्धी ऋषिराम भट्टराईले ११४ र कृष्णप्रसाद शर्मा पौडेलले १०७ मत प्राप्त गर्नुभयो ।
कुल ६ १८ मत खसेकोमा आदिबासी जनजाति खुल्लामा सन्दिप राना ५१० मत, पूर्णकुमार सोती ४२१ मत, विष्णुकुमार थापा ३९९ मत, दिलबहादुर ढेंगा ३८७ मत सहित चयन हुनु भएको छ । प्रतिष्पर्धी बोमबहादुर थापाले ३३२ मत प्राप्त गर्नु भएको थियो ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिमा दलित खुल्लातर्फ तीन जना प्रतिष्पर्धीमध्ये अर्जुन वि.क. २५६ मत सहित निर्वाचित हुनु भएको छ । प्रतिष्पर्धी अर्जुन विश्वकर्मा (सुनार)ले १८९ मत, एकबहादुर सार्कीले ७९ मत र भिमबहादुर सुनारले २२ मत प्राप्त गर्नु भएको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि अन्तर्गत आदिबासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खस आर्य महिलामा विजय कुमारी भट्टराई, मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन हुनु भएको छ ।
क्षेत्र नं २ को सभापतिमा जिसी विजयी
नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी हुनुभएको छ । जिसीले ४६० मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँको प्रतिष्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ । कुल ७०४ मत खसेकोमा पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शंकर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गर्नुभएको छ ।
रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रिय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती खुल्लातर्फ) राजेन्द्र गोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर राना मगर ४८५, केन्द्रिय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मत सहित विजयी हुनुभएको छ ।
जिल्ला अधिवेशन मङ्सीर १० गते हुने मिति निश्चित भएसँगै नेपाली काँग्रेस पाल्पाको सभापति पदका लागि समेत तयारी अगाडी बढेका छन् । यस पटकको महाधिवेशनमा जिल्लामा पुराना तथा नयाँ पुस्ता चुनिएर आएका छन् ।

SHARE