दशौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम सम्पन्न

0
481

सूर्य सुनार
मङ्सिर ७,२०७८गुल्मी :दशौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मंगलबार सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । मंगलबार करदाता सेवा कार्यालयका तम्घासमा आयोजना गरिएको कार्यक्रममा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी सरिता अर्याल घिमिरेलाई सम्मान गर्दै समापन गरिएको हो ।

पहिलो दिन कर सत्ताहको उद्धघाटन तथा सबै भन्दा बढि आयकर तिर्ने करदातालाई सम्मान गरिएको थियो । दोस्रो दिन सत्यवती खैरेनीमा करदाता शिक्षा कार्यक्रम गरिएको हो । चौथो दिन जिल्ला स्थित सरकारी कार्यालय र विद्यालयलाइ कर सम्बन्धी तालिम कार्यक्रम गरिएको थियो । पाचौँ दिन रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थी संग कर शिक्षा कर सम्बन्धी गित र नारा सहित अटो रिक्सामा बजार परिक्रम गरिएको थियो भने आज सम्मापनको दिनमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी सरिता अर्याल घिमिरेलाई सम्मान गरी कार्यक्रम समापन गरिएको करदाता सेवा कार्यालयका प्रमुख चिरञ्जीवी बस्याले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उद्धघाटनमा सबै भन्दा बढि आयकर तिर्ने करदातालाई सम्मान गरिएको थियो । आज उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान हुनु भनेको नागरिक र कर्मचारी बिचको सम्बन्ध राम्रो भएको बताउनुभयो । नागरिक र कर्मचारी बिच राम्रो सम्बन्ध भएमा मात्र उदेश्य अनुसार काम गर्न सकिने बताउनुभयो । सरकारले गरेको सम्मान सानो नहुने हुदाँ अझै प्रगति र उन्नतीको प्रमुख जिल्ला अधिकारी पौडेलले कामना गर्नुभएको थियो ।

कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका महासचिब ताराप्रसाद भुसाल, गुल्मी चेम्बर अफ कमर्स उपाध्यक्ष विरेन्द्र भुसाल, कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण घिमिरे, लगाएको उपस्थित रहेको थियो ।

करदाता कार्यालय गुल्मीका प्रमुख चिरञ्जीवी बस्यालको अध्यक्षता रहेको कार्यक्रमको संचालन इन्दिरा नेपालले गर्नुभएको थियो ।

SHARE